बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब « Khabarhub

बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– बाढीपहिरो पीडितका लागि इन्द्रेणी फाउण्डेसनले दिएको राहत रकम कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टको खाताबाट हराएको आरोप लागेको छ । 

इन्द्रेणी टेलिभिजन कार्यक्रम र इन्द्रेणी समाजले बाढीपीडितका लागि संकलन गरेर पाँच लाख ४३ हजार पाँच रुपैयाँ बराबरको राहत रकम अध्यक्ष विष्टलाई औपचारिक रूपमा चेकमार्फत हस्तान्तरण गरेको थियो । तर, उक्त राहत अझैसम्म वास्तविक पीडितसम्म पुग्न सकेको छैन् । 

२०७७-०७८ सालमा आएको बाढीपहिरोको नरहरिनाथ गाउँपालिकाको वडा नं. ५, ६ र ९ मा ठुलो धनजनको क्षति पुर्‍याएको थियो । त्यहाँ ठूलो धनजनको क्षति पुर्‍याएपछि काठमाडौंस्थित इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले राहत संकलन गरेर चेक अध्यक्ष विष्टलाई सार्वजनिक रूपमा हस्तान्तरण गरेका थिए । 

इन्द्रेणीबाट २०८० साल माघ २० गते प्रदान गरिएको राहत रकम हालसम्म पनि वितरण नगर्दा नागरिकहरूले प्रश्न उठाउने गरेका छन् । बाढीपीडित नरबहादुर बुढाले जनप्रतिनिधिले त्यही राहत पनि खाएको आरोप लगाए । 

गाउँपालिका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराले बाढीपहिरोका कारण ज्यान गुमाउने, घर गुमाउने र विस्थापित हुने घरपरिवारको लागि जम्मा इन्द्रेणी पाँच लाख ४३ हजार पाँच रुपैयाँ मात्र राहत रकम जम्मा भएको बताए । उनका अनुसार इन्द्रेणी फाउन्डेसनका  सञ्चालक कँडेलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नौ वटै वडाध्यक्षसमक्ष रकम हस्तान्तरण गरेका थिए । 

‘रकम हस्तान्तरणको क्रममा गाउँपालिकाको खातामा जम्मा गर्ने कि भन्ने छलफल भएको हो । तर, गाउँपालिकाको खातामा जम्मा गर्दा आम्दानी बाधी भुक्तानी गर्दा प्रक्रिया निकै झन्झटिलो हुने भएकोले अध्यक्ष विष्टको नाममा चेक काटी हस्तान्तरण गरिएको ठिक साँचो हो,’ उनले भने, ‘चेक हस्तान्तरणपश्चात चेक कहाँ ? कसरी साटियो हामी अध्यक्षबाहेक कोही  जानकार छैनौँ ? मैले कालिकोट आएपछि कार्यपालिकाको  बैठकमा इन्द्रेणीमार्फत हस्तान्तरण गरिएको राहत वितरण गर्ने सम्बन्धमा प्रस्ताव गरेको छु  ।’

प्रवक्ता बोहोराले त्यो रकम कसलाई दिने ? कसरी दिने ? भन्नेबारे छलफल भएको बताए । तर, पछि  यस विषयमा पालिका नेतृत्व गम्भीर नभएको उनले बताए  ।

‘मैले त यदि यती ढिलाइ भइसक्यो अहिलेसम्मको ब्याज करिब डेढ लाख थपेर दिनुपर्छ भनेकै हो,’ उनले भने, ‘तर यसमा पनि गम्भीरता देखिएन । अहिले यो रकम गाउँपालिकाको खातामा छ भन्ने कुरा आएको छ । तर कुन खातामा राखिएको छ हामी जानकार छैनौँ ।’ 

सायद गाउँपालिकाको खातामा यो रकम हुन पनि सक्छ, नहुन पनि सक्नेमा प्रवक्ता बोहोराले आंशका व्यक्त गरे ।

 ‘अहिले त्यो राहत रकम जता छ बाँड्नमा ढिला नगरौँ भनेको छु,’ उनले प्रश्न गर्दै भने, ‘सकिन्छ एक हप्तामै बाँडौँ । बाँड्नलाई के ले रोकेको छ ?’

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १२ : ५९ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा