बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब « Khabarhub

बाढीपहिरो पीडितका लागि इन्द्रेणीले दिएको रकम पालिका अध्यक्षको खाताबाटै गायब


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– बाढीपहिरो पीडितका लागि इन्द्रेणी फाउण्डेसनले दिएको राहत रकम कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टको खाताबाट हराएको आरोप लागेको छ । 

इन्द्रेणी टेलिभिजन कार्यक्रम र इन्द्रेणी समाजले बाढीपीडितका लागि संकलन गरेर पाँच लाख ४३ हजार पाँच रुपैयाँ बराबरको राहत रकम अध्यक्ष विष्टलाई औपचारिक रूपमा चेकमार्फत हस्तान्तरण गरेको थियो । तर, उक्त राहत अझैसम्म वास्तविक पीडितसम्म पुग्न सकेको छैन् । 

२०७७-०७८ सालमा आएको बाढीपहिरोको नरहरिनाथ गाउँपालिकाको वडा नं. ५, ६ र ९ मा ठुलो धनजनको क्षति पुर्‍याएको थियो । त्यहाँ ठूलो धनजनको क्षति पुर्‍याएपछि काठमाडौंस्थित इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले राहत संकलन गरेर चेक अध्यक्ष विष्टलाई सार्वजनिक रूपमा हस्तान्तरण गरेका थिए । 

इन्द्रेणीबाट २०८० साल माघ २० गते प्रदान गरिएको राहत रकम हालसम्म पनि वितरण नगर्दा नागरिकहरूले प्रश्न उठाउने गरेका छन् । बाढीपीडित नरबहादुर बुढाले जनप्रतिनिधिले त्यही राहत पनि खाएको आरोप लगाए । 

गाउँपालिका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोराले बाढीपहिरोका कारण ज्यान गुमाउने, घर गुमाउने र विस्थापित हुने घरपरिवारको लागि जम्मा इन्द्रेणी पाँच लाख ४३ हजार पाँच रुपैयाँ मात्र राहत रकम जम्मा भएको बताए । उनका अनुसार इन्द्रेणी फाउन्डेसनका  सञ्चालक कँडेलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नौ वटै वडाध्यक्षसमक्ष रकम हस्तान्तरण गरेका थिए । 

‘रकम हस्तान्तरणको क्रममा गाउँपालिकाको खातामा जम्मा गर्ने कि भन्ने छलफल भएको हो । तर, गाउँपालिकाको खातामा जम्मा गर्दा आम्दानी बाधी भुक्तानी गर्दा प्रक्रिया निकै झन्झटिलो हुने भएकोले अध्यक्ष विष्टको नाममा चेक काटी हस्तान्तरण गरिएको ठिक साँचो हो,’ उनले भने, ‘चेक हस्तान्तरणपश्चात चेक कहाँ ? कसरी साटियो हामी अध्यक्षबाहेक कोही  जानकार छैनौँ ? मैले कालिकोट आएपछि कार्यपालिकाको  बैठकमा इन्द्रेणीमार्फत हस्तान्तरण गरिएको राहत वितरण गर्ने सम्बन्धमा प्रस्ताव गरेको छु  ।’

प्रवक्ता बोहोराले त्यो रकम कसलाई दिने ? कसरी दिने ? भन्नेबारे छलफल भएको बताए । तर, पछि  यस विषयमा पालिका नेतृत्व गम्भीर नभएको उनले बताए  ।

‘मैले त यदि यती ढिलाइ भइसक्यो अहिलेसम्मको ब्याज करिब डेढ लाख थपेर दिनुपर्छ भनेकै हो,’ उनले भने, ‘तर यसमा पनि गम्भीरता देखिएन । अहिले यो रकम गाउँपालिकाको खातामा छ भन्ने कुरा आएको छ । तर कुन खातामा राखिएको छ हामी जानकार छैनौँ ।’ 

सायद गाउँपालिकाको खातामा यो रकम हुन पनि सक्छ, नहुन पनि सक्नेमा प्रवक्ता बोहोराले आंशका व्यक्त गरे ।

 ‘अहिले त्यो राहत रकम जता छ बाँड्नमा ढिला नगरौँ भनेको छु,’ उनले प्रश्न गर्दै भने, ‘सकिन्छ एक हप्तामै बाँडौँ । बाँड्नलाई के ले रोकेको छ ?’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १२ : ५९ बजे

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो