देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यतासँगै लेखकबारे पनि छलफल हुन सक्ने « Khabarhub

देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यतासँगै लेखकबारे पनि छलफल हुन सक्ने


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रियाशील सदस्यता टुंगो लगाउन भोलि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन । 

सोमबार बिहान ९ः बजे बस्ने गरी बूढानीलकण्ठस्थित देउवानिवासमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

अर्कातिर केही दिनयता गृहमन्त्री रमेश लेखक भिजिट भिसा सेटिङ प्रकरणमा चर्को विवादमा परेका छन् । आफैंले विमानस्थल अध्यागमन कार्यालयमा खटाएका कर्मचारीले भिजिट भिसामा जानेबाट दैनिक ५० लाख भन्दा बढी उठाएको आरोप लागेको छ।

उक्त रकम गृहमन्त्रीको सचिवालयसम्मै आउने गरेको कुरा सार्वजनिक भइरहेपछि लेखकले शनिबार खण्डन गरेका थिए । उनले उक्त प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति नै छाड्ने बताएका थिए ।

पदाधिकारी बैठकमा लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे पनि छलफल हुन सक्नेछ । यद्यपि लेखक सभापति देउवा र परराष्ट्रमन्त्री आरजु देउवानिकट भएका कारण कांग्रेसले यस विषयलाई सामसुम पार्न सक्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ०६ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि