ओलीको गुनासो- सहकारी ठगहरू एमालेलाई गाली गर्दै हिँडिरहेका छन् « Khabarhub

ओलीको गुनासो- सहकारी ठगहरू एमालेलाई गाली गर्दै हिँडिरहेका छन्


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग इर्ष्या भाव मात्र भएको बताएका छन् ।

त्यही इर्ष्याको कारण नेकपा फुटाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम प्रचण्डले गरेको ओलीले बताए ।

‘उनीहरू कम्युनिष्ट थिएन, त्यसैले उनीहरूले कम्युनिष्ट पार्टीको एकता सहन सकेन’, नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उनले भने ।

प्रचण्ड र माधव नेपालले कम्युनिष्ट पार्टी फुटाएर देश र जनतामाथि ठूलो अपराध गरेका उनले बताए । दुईतिहाइनजिक पुगेको कम्युनिष्ट पार्टीलाई उनीहरूले फुटाएर देश र जनताको सपना चकनाचुर पारेका ओलीले स्पष्ट पारे ।

भूकम्पले चौतर्फी ध्वस्त पारेको देशलाई उठाउने काम नेकपा एमालेले गरेको उनले बताए । देशमा चौतर्फी विकासको काम आफ्नो नेतृत्वमा अघि बढेको बेला त्यसलाई सहन नसकेर कम्युनिष्ट पार्टी फुटाउने र कम्युनिष्ट पार्टीको सरकार ढाल्ने काम भएको उनले स्मरण गराए । ती सबै कामलाई अस्तव्यस्त बनाउने काम उनीहरूबाट भएको ओलीले बताए ।

आफूलाई वामपन्थी भन्नेहरू कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री खाइदिनु पर्‍यो भनेर निवेदन बोकेर हिँडेका उनले बताए ।

कांग्रेसले हामी प्रजातान्त्रिक पार्टी चुनावमा जान तयार छौँ भनेर विज्ञप्ति निकालेको अवस्थामा समेत तपाईं प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेर बिन्ती पत्र चढाएपछि देउवा प्रधानमन्त्री बनेको ओलीले स्मरण गराए ।

‘अहिले पनि वामपन्थी भन्नेहरूले अरू कसैको विरोध गर्दैनन्, एमालेको विरोध गर्छन्, अहिले पनि हाम्रा केही साथीहरू वामपन्थी एकता गर्नुपर्छ भन्दै छन्, मलाई अचम्म लाग्छ’, उनले भने ।

अहिले यतिबेला समृद्ध नेपाल, सुखी नेपाली बनाउनु पर्ने जिम्मेवारी रहेको उनले बताए । त्यो काम एमालेले मात्र गर्ने र गर्न सक्ने ओलीले बताए ।

अरूलाई समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाउन समेत असजिलो भएकोले त्यसको लागि उनीहरूले काम नगर्ने ओलीले स्पष्ट पारे ।

छिमेक सम्बन्ध कस्तो राख्नु पर्छ, वैदेशिक सम्बन्ध कस्तो राख्नु पर्छ, यी सबै कुरा एमालेलाई थाहा भएको उनले बताए । सबैलाई मिलाएर समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य एमालेले बनाउने ओलीले दाबी गरे ।

बिकाऊ नेताहरूको हातमा शासन सत्ता गयो भने देश बर्बाद हुने ओलीले बताए । सहकारी ठगहरू अहिले सहकारी पीडितलाई न्याय दिन्छौँ भनेर हिँडेका भन्दै ओलीले त्यसको आलोचना गरे ।

एमालले सहकारी ठगे जस्तै गरी एमालेमाथि सहकारी ठगहरूले नै औँला ठड्याउने गरेका ओलीले बताए ।

माओवादीले २०६४ को चुनाव बन्दुक देखाएर धम्क्याएर जितको बताउँदै ओलीले प्रचण्डलाई अब फेरि २०६४ को जस्तै जित निकाल्छौँ भन्ने भ्रममा नपर्न आग्रह गरे । ‘अब न २०६४ साल आउँछ, न माओवादी आउँछ’, उनले भने ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ३५ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा