एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने « Khabarhub

एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ । यो बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो ।

बैठकमा पछिल्लो समय पार्टीका गतिविधि, समसामयिक राजनीति र सरकारको कामकारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै यस बैठकले यसअघि कारबाहीमा परेका पोलिटब्युरो सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवा गर्न सक्ने छ ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट कीर्तिपुरमा १० रोपनी जग्गा लिएको कुराको आलोचना गरेपछि एमालेले गत पुस १० गते यी दुई नेतृलाई ६ महिनाका लागि पदबाट निलम्बन गरेको थियो ।

त्यही दिन पूर्वउपाध्यक्ष डा. भीम रावललाई पनि एमालेबाट निष्कासित गरिएको थियो। रावललाई निष्कासनको निर्णय फिर्ता नभए पनि दुई नेतृको कारबाही पनि फुकुवा हुन सक्नेछ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ५० बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन