सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न | Khabarhub Khabarhub

सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा भएकी शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी उनले प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे।

प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् । उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएकी थिइन् ।  
 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ३ : ५७ बजे

पोखराबाट भुटानको पारोमा अन्तरराष्ट्रिय उडान हुँदै

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी राख्ने पुटिनको चेतावनी

बेइजिङ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको भ्रमण पूरा

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह

गोरखा – कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका