‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो « Khabarhub

‘खतरनाक सामान’ बोकेको पानीजहाज भारतको केरलानजिकै डुब्यो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘खतरनाक सामान’ बोकेको पानीजहाज दक्षिण भारतीय राज्य केरलाको तटपारी डुबेको छ । लाइबेरियाको ध्वजावाहक पानीजहाज एमएससी एएलएसए ३ जहाज केरलाको कोची नजिकै आइतबार डुबेको हो ।

जहाजमा रहेका सबै २४ जनाको उद्धार गरिएको छ । रक्षा मन्त्रालयका अनुसार उक्त जहाज केरलाकै भिजिन्जाम बन्दरगाहबाट कोचीका लागि प्रस्थान गरेको थियो । जहाजमा ६ सय ४० कन्टेनर थिए । तीमध्ये १३ वटामा ‘खतनाक सामान’ १२ वटामा क्याल्सियम कार्बाइड रहेको जनाइएको छ ।

जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३ सय ६७.१ मेट्रिक टन फर्नेस तेल पनि रहेको मन्त्रालयले जनाएको छ । हालसम्म समुद्रमा तेल चुहिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ०८ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,