१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो « Khabarhub

१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नेपालसँग सीमा जोडिएको बिहार राज्यका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालु यादवका जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिएको छ । आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनलाई पार्टीबाट निकालिएको हो ।

भारतीय टेलिभिजन आज तकका अनुसार यसअघि उनले अनुष्का यादव नाम गरेकी गर्लफ्रेण्डसँग खिचाएको तस्बिर पोस्ट गरेका थिए । फेसबुकमा शेयर गरिएको तस्बिरमा उनले आफूहरु १२ वर्षदेखि सम्बन्धमा रहेको जानकारी दिएका थिए ।

पछि उनले उक्त पोस्ट डिलिट गरेका थिए । यद्यपि फेरि एकाएक त्यही पोस्ट उनको फेसबुक पेजमा अपलोड भएको देखिएको थियो । पछि उनले आफ्नो सोसल मिडिया ह्याक भएको दाबी गरेका थिए ।

लालु यादवले आफ्नै छोरालाई कारवाही गर्दै भनेका छन्, ‘आफ्नो निजी जीवनको राम्रो नराम्रो र गुण दोष हेर्न उनी आफैँ सक्षम छन् । उनीसँग जसले पनि सम्बन्ध राख्छन् स्वविवेकले निर्णय लिऊन् ।’

लालूले निजी जीवनमा नैतिक मूल्यको अवहेलना गर्दा सामाजिक न्यायका लागि सामूहिक संघर्ष कमजोर हुने पनि बताएका छन् । पार्टी र आफ्ना बाबुले गरेको निर्णयलाई लालुका अर्का छोरा एवम् तेजप्रतापका भाइ तेजस्वी यादवले पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : २२ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित