१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो « Khabarhub

१२ वर्षको सम्बन्ध सार्वजनिक गर्दा बिहारका पूर्वमुख्यमन्त्री लालुका छोरालाई पार्टीले निकाल्यो


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नेपालसँग सीमा जोडिएको बिहार राज्यका पूर्वमुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका प्रमुख लालु यादवका जेठा छोरा तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासित गरिएको छ । आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनलाई पार्टीबाट निकालिएको हो ।

भारतीय टेलिभिजन आज तकका अनुसार यसअघि उनले अनुष्का यादव नाम गरेकी गर्लफ्रेण्डसँग खिचाएको तस्बिर पोस्ट गरेका थिए । फेसबुकमा शेयर गरिएको तस्बिरमा उनले आफूहरु १२ वर्षदेखि सम्बन्धमा रहेको जानकारी दिएका थिए ।

पछि उनले उक्त पोस्ट डिलिट गरेका थिए । यद्यपि फेरि एकाएक त्यही पोस्ट उनको फेसबुक पेजमा अपलोड भएको देखिएको थियो । पछि उनले आफ्नो सोसल मिडिया ह्याक भएको दाबी गरेका थिए ।

लालु यादवले आफ्नै छोरालाई कारवाही गर्दै भनेका छन्, ‘आफ्नो निजी जीवनको राम्रो नराम्रो र गुण दोष हेर्न उनी आफैँ सक्षम छन् । उनीसँग जसले पनि सम्बन्ध राख्छन् स्वविवेकले निर्णय लिऊन् ।’

लालूले निजी जीवनमा नैतिक मूल्यको अवहेलना गर्दा सामाजिक न्यायका लागि सामूहिक संघर्ष कमजोर हुने पनि बताएका छन् । पार्टी र आफ्ना बाबुले गरेको निर्णयलाई लालुका अर्का छोरा एवम् तेजप्रतापका भाइ तेजस्वी यादवले पनि समर्थन गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : २२ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,