शिक्षामन्त्रीले भने- शिक्षा विधेयक अघि बढाउन एक साताको समय दिनुस्  « Khabarhub

शिक्षामन्त्रीले भने- शिक्षा विधेयक अघि बढाउन एक साताको समय दिनुस् 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय माग गरेका छन् । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले शिक्षकहरूसँग गरेको सहमतिका आधारमा विधेयकलाई अघि बढाउन आफू शिक्षकहरूसँग निरन्तर छलफलमा रहेकाले एक साताको समय माग गरेका हुन् । 

एक साताभित्र शिक्षकहरूसँग छलफल गरेर त्यसको जानकारी समितिमा गराउने उनले बताए ।  उनले सरकारको मन्त्रीको हैसियतले शिक्षकहरूसँग गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

शिक्षक महासंघले ९ बुँदे सहमति भन्दा अघि भएका सहमतिलाई पनि छलफल लैजान जोड दिइरहेको उनले बताए ।  

बैठकमा समिति सभापति अम्मरबहादुर थापाले एक सातापछि बस्ने बैठकमा विधेयकका सन्दर्भमा सरकारको स्पष्ट धारणा ल्याउन निर्देशन दिए । 

उनले शिक्षकहरूको माग सुनुवाइ नगर्दा सरकारप्रति आन्दोलन भएको भन्दै अव विधेयकलाई अघि बढाउन ढिलाइ गरेर संसदीय समिति विरुद्ध नै आन्दोलन हुने अवस्था सिर्जना नगर्न आग्रह गरे ।  

यस्तै समितिले आगामी जेठ १६ र १७ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै