चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग | Khabarhub Khabarhub

चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीसहितका राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईं, सर्वोच्च अदालतको आदेशमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य धवल शमशेर राणासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणा र प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुर पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।

अरू ११ जनालाई आपराधिक उपद्रव कसुरमा पनि मुद्दा दायर गरिएको छ । तीमध्ये प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा पनि विपक्षी बनाइएको छ ।

मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा प्रतिवादी बनाएर मुद्दा अदालतमा लगिएको छ ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको विरोध प्रदर्शन हिंसात्मक झडप हुँदा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

त्यसबेला राजावादी प्रदर्शनकारीले निजी घर, व्यवसायिक संस्था र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यसपछि प्रहरीले कम्तीमा २ सय जनालाई पक्राउ गरेको थियो । जसमध्ये प्रसाईंसहितका अभियुक्तहरू हिरासतमै छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ०१ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६