चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग « Khabarhub

चैत १५ को घटनामा ६१ विरुद्ध मुद्दा दायर, दुर्गा प्रसाईं एक्लैलाई पाँचवटा अभियोग


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदीसहितका राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईं, सर्वोच्च अदालतको आदेशमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य धवल शमशेर राणासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणा र प्रसाईंसहित ५० जनालाई राज्यविरुद्धको कसुर पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।

अरू ११ जनालाई आपराधिक उपद्रव कसुरमा पनि मुद्दा दायर गरिएको छ । तीमध्ये प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा पनि विपक्षी बनाइएको छ ।

मिश्र र महामन्त्री शमशेर राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा प्रतिवादी बनाएर मुद्दा अदालतमा लगिएको छ ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको विरोध प्रदर्शन हिंसात्मक झडप हुँदा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

त्यसबेला राजावादी प्रदर्शनकारीले निजी घर, व्यवसायिक संस्था र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यसपछि प्रहरीले कम्तीमा २ सय जनालाई पक्राउ गरेको थियो । जसमध्ये प्रसाईंसहितका अभियुक्तहरू हिरासतमै छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ५ : ०१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको