रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष  « Khabarhub

रविको बन्दीप्रत्यक्षीकरण निवेदनबारे सर्वोच्चको आदेशमा त्रुटि रहेको रास्वपाको निष्कर्ष 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रूपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ ।  

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनी रूपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रूपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए  ।

सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उनले यस विषयमा सार्वजनिक रूपमा बहस गर्ने उल्लेख गरे  । यद्यपि अदालतको आदेश प्रति आफूहरूको सम्मान नै रहेको र त्यसलाई कानुनी रूपमा मान्न तयार रहेको उनले बताए । 

त्यस्तै बैठकले हालै अध्यागमन विभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुँदै गएको ठहर गरेको छ । 
कार्यवाहक प्रवक्ता झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गरे ।

उनले देशमा सुशासनका लागि आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए  । झाले आगामी संसद् बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त रूपमा प्रस्तुत हुने बताए । मंगलबार बस्ने संसद् बैठक सामान्य नहुने उनले बताए  । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : २५ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर