सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा सेटिङ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् ।

आइतबार नेकपा (एमाले) का सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै गुरुङले कर्मचारी पक्राउ परेको कुरामा गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नभएको बताएका हुन् ।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, त्यसलाई अझै छानबिन हुन दिनुस् । सहसचिव तीर्थराज भट्टराई पक्राउ पर्छन् अनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’ उनले भने ।

विमानस्थल अध्यागमन विभागको प्रमुख रहेका भट्टराईले भिजिट भिसामा विदेश जानेहरूसँग दैनिक ५० लाखसम्म उठाएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

उनले दैनिक ५० लाख उठाएर गृहमन्त्रीको सचिवालयलाई पनि बुझाउने गरेको बयान दिएपछि राजनीतिक देश तरङ्गित भएको छ । प्रतिपक्षी नेकपा माओ‌वादी केन्द्रसहितका दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरिरहँदा सत्ता साझेदार एमाले भने बचाउमा उत्रिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : १७ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर