सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन « Khabarhub

सरकारका प्रवक्ता भन्छन्- भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा सेटिङ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् ।

आइतबार नेकपा (एमाले) का सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै गुरुङले कर्मचारी पक्राउ परेको कुरामा गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नभएको बताएका हुन् ।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, त्यसलाई अझै छानबिन हुन दिनुस् । सहसचिव तीर्थराज भट्टराई पक्राउ पर्छन् अनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’ उनले भने ।

विमानस्थल अध्यागमन विभागको प्रमुख रहेका भट्टराईले भिजिट भिसामा विदेश जानेहरूसँग दैनिक ५० लाखसम्म उठाएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

उनले दैनिक ५० लाख उठाएर गृहमन्त्रीको सचिवालयलाई पनि बुझाउने गरेको बयान दिएपछि राजनीतिक देश तरङ्गित भएको छ । प्रतिपक्षी नेकपा माओ‌वादी केन्द्रसहितका दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरिरहँदा सत्ता साझेदार एमाले भने बचाउमा उत्रिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : १७ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने