भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र « Khabarhub

भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल भएको हो ।

भारतको नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीभीआर सुब्रमण्यमले यसबारे जानकारी दिएका हुन् । नीति आयोगको गभर्निङ काउन्सिलको १० औं बैठकपछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक उद्धृत गर्दै भारतीय अर्थतन्त्रको आकार ४ ट्रिलियन डलर पुगेको समेत जानकारी दिएका छन् ।

अब भारतभन्दा अघि अमेरिका, चीन र जर्मनीमात्र रहेका छन् । उनले योजनाअनुसार अर्थतन्त्र सञ्चालन भएमा अबको दुई तीन वर्षमा भारतले जर्मनीलाई पनि पछि पार्ने जिकिर गरे ।

हाल भारतीय अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको छ । यस आर्थिक वर्षको चौथो त्रैमासमा भारतको वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसअनुसार आर्थिक वर्ष २०२५ को समग्र वृद्धिदर ६.३ प्रतिशत रहनेछ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : १७ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६