दूध अभावले ‘चितवन मिल्क’ बन्द « Khabarhub

दूध अभावले ‘चितवन मिल्क’ बन्द


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन – दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो ।

उद्योगमा सहकारी संस्था र फर्महरुले बिक्री नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्ने गर्दछन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि प्राप्त गर्न नसकिएको बताए। एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ ।

उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ । देशभरका ३० संस्थाले यहाँ प्रशोधनका लागि दूध ल्याउने गर्दछन् ।

प्रबन्धक पराजुलीले सहकारी र फर्मले दूध नल्याएपछि आफैँले दूध किनेर मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजना भए पनि दूध पाउन नसकेको बताए गत आर्थिक वर्षमा फागुनदेखि भदौसम्म उद्योग बन्द भएको थियो ।

अघिल्ला वर्षहरुमा भने यो मौसममा दूधको अभाव हुने गरेको थिएन । ती वर्षहरुमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने गरेको उनले बताए ।

उद्योगमा ३४ कर्मचारी कार्यरत छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख हाराहारी खर्च हुने प्रबन्धक पराजुली बताए । उद्योगमा अहिले १५ किलोका नौ हजार ब्लक नौनी र १२ हजार बोरा धुलो दूध बाँकी छ ।

विक्रम संवत् २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू ९बटर० को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : २८ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज