डिभिजन वन कार्यालय नवलपुरद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु « Khabarhub

डिभिजन वन कार्यालय नवलपुरद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नवलपुर- डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो ।

डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिए। “जिल्ला वन पैदावार आपूर्ति समिति, गण्डकी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत, जडीबुटी विकास कार्यक्रम र बहुवर्षीय बिरुवा उत्पादन गरी चार वटा कार्यक्रमअन्तर्गत बिरुवा उत्पादन गरेका छौँ”, उनले भने, “यस वर्ष एक लाख १५ हजार बिरुवा उत्पादन गरेका छौँ र गत वर्षको बहुवर्षीय उत्पादनबाट १० हजार बिरुवा मौज्दात थियो ।” 

गत वर्ष र यस वर्षगरी वनको नर्सरीमा एक लाख २५ हजार बिरुवा भए पनि यस वर्ष बहुवर्षीय बिरुवा उत्पादन कार्यक्रमका १० हजार बिरुवा आगामी वर्षमात्रै वितरण गरिने लम्सालको भनाइ छ । “यस जिल्लामा वन क्षेत्र ६० प्रतिशत हाराहारीमा रहेका कारण वन क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने अवस्था छैन”, उनले भने, “जिल्लामा सौन्दर्य प्रदान गर्ने बिरुवा र डालेघाँसको बिरुवाको बढी माग हुने भएकाले हामीले सोहीअनुसार बिरुवा उत्पादन र निःशुल्क वितरण सुरु गरेका छौँ ।”

वनको नर्सरीमा विशेषगरी कपुर, गुलमोहर, वीरेन्द्र फूल, म्याङ्गोस्टिक, धुपी जस्ता सौन्दर्य प्रदान गर्ने बिरुवासहित टिमुर, कुरिलो, हर्रोबर्रो, चिउरी, अमलासहितका औषधीय बिरुवा उत्पादन गरिएको लम्सालको भनाइ छ । कार्यालयले आफ्नो नर्सरीमा विभिन्न ३२ प्रकारको बिरुवा उत्पादन गरेको उल्लेख गर्दै लम्सालले व्यक्तिगत, वन समूह, शैक्षिक संस्था, पार्क र अन्य संस्थालाई मापदण्ड बनाएर बिरुवा वितरण सुरु गरिएको बताए । कार्यालयले तोकेकोभन्दा बढी बिरुवा लैजान फाराम भर्ने सेवाग्राहीले भने बिरुवा लगाउने क्षेत्रफल र वडा कार्यालयको सिफारिस लिएर आउनुपर्ने लम्सालको भनाइ छ ।

कार्यालयबाट लगिएको बिरुवा वृक्षारोपण गरी हुर्काइएको वा नहुर्काइएकोबारे अनुगमन गरिनेसमेत उनले बताए । आजदेखि सुरु भएको बिरुवा वितरण एक महिनासम्म जारी रहनेछ । डिभिजन वन कार्यालयले विगतका वर्षमा आँप, लिची तथा कागतीलगायत फलफूलका बिरुवासमेत वितरण गर्ने गरेकामा यस वर्ष भने बजेट नपर्दा फलफूलको बिरुवा वितरण गर्न नसकिएको उनले बताए ।

अहिले वनको आफ्नै नर्सरीमा उत्पादन भएका अमला, तेजपात, किम्बु, धुपी, कपुर, वीरेन्द्र फूल, कल्की फूल, रुख कटहर, बेल, टिमुर, कुरिलो, हर्रो, बर्रो, चिउरी, पारिजात, निमारो, बाँस, पीपल, सितचिनी, रक्तचन्दन, सिन्दुर, निम, टिक, अम्बा, बडहर, लप्सी, घिउकुमारी, मेन्डोला, भटमासे, श्रीखण्ड, टाँकी, गोल्ड मोहर र म्याङ्गोस्टिन प्रजातिका बिरुवा वितरण सुरु गरिएको लम्सालले बताए । (रासस)

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : २९ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा