तथ्यमा आधारित समाचार बनाउन पत्रकारलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको आग्रह « Khabarhub

तथ्यमा आधारित समाचार बनाउन पत्रकारलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको आग्रह


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसँग रिस गर्नेहरूले तथ्यहीन समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् । 

पोखरामा मङ्गलबार भएको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रिम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन देखिन थालेको उनको भनाइ छ । उनले तथ्यमा आधारित, प्रमाणसहितको पत्रकारिता हुनुपर्नेमा जोड दिए । ‘म मुख्यमन्त्री भएको व्यक्तिगत रुपमा मन नपराउने मान्छे पनि हुनुहोला । गाडी चढेको, सरकारी क्वार्टरमा बसेको, अगाडिपछाडि २–४ जना पुलिस हिँडेको रिस, डाह, ईर्ष्या गर्ने मेरै परिवार भित्रका मानिसहरू पनि हुनुहोला,’ उनले भने, उहाँहरुले पनि सामाजिक सञ्जालमा केही लेखिदिनुहोला । अनि त्यसैलाई आधार मानेर समाचार लेखियो भने त्यो तथ्यमा आधारित हुन्छ ?’

पत्रकारले मागेको बाटोको योजना नपरेपछि सरकारले ल्याएको बजेट सबै खत्तम भयो भनेर समाचार प्रकाशित गरेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘एउटा बाटोको योजना माग्न आउनुभयो एकजना पत्रकार साथी । योजना पाउनुभएन । पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ । सबै मुख्यमन्त्रीले खायो । भनेर मैले घर बनाउन लगे जसरी न्यूज आइरहेको छ,’ उनले भने, साथीभाइहरूकाे योजनाका कुरा, राजनीतिक अपोइन्ट्मेन्टका कुरा हुन्छन् । सबै कुरा पूर्ति गर्न सक्ने अवस्था त रहँदैन । त्यस्तै कोको कहाँ कहाँ के अवस्थामा म सँग रिसाइरहेका हुन्छन् । मलाई थाहा पनि हुँदैन । बुझ्दा पनि बुझिँदैन । अनि एउटा कुरा सामाजिक सञ्जालमा लेखिदिन्छ अनि भोलिपल्ट मिडियामा आउँछ ।’

मुख्यमन्त्री पाण्डेले स्वतन्त्रता भनेको छाडातन्त्र नभएको बताए । उनले भने, ‘पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’ उनले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ११ बजे

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको