एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले यही असार १३ गतेका लागि सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल गरिने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षामा पार्टीका तर्फबाट भएका अनुसन्धानबारे छलफल गरिने कार्यसूची छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने उपप्रमुख अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १० : ३९ बजे

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको