सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण | Khabarhub Khabarhub

सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

भोजपुर– रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एकरूपता ल्याउने लक्ष्यले वडाले ४३८ विद्यार्थीलाई पोसाक (ट्रयाक सुट), जुत्ता र टिसर्ट वितरण गरेको हो । 

विद्यार्थीको पठनपाठनमा सहजतासँगै वडाका विद्यालयबीच एकरूपता ल्याउने लक्ष्यले यो आर्थिक वर्षमा ४३८ विद्यार्थीलाई पोसाक वितरण गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए। पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि वडाले आवश्यक बजेट विनियोजन गरेर पोसाक वितरण गरेको उनको भनाइ छ ।

‘हामीसँग वडास्तरमा आएको बजेट थोरै नै हुन्छ’, वडाध्यक्ष आचार्यले भने, ‘शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ, विद्यार्थीलाई पोसाकको कारण असहज नहोस् भन्नका लागि यहाँका सबै विद्यालयमा पोसाक वितरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।’

वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । वडाले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागिसमेत लागि आवश्यक सहयोग गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : १५ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक