ठेक्का हत्याउन बोलपत्रको सूचनामै जालझेल, कार्यालय प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

ठेक्का हत्याउन बोलपत्रको सूचनामै जालझेल, कार्यालय प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भेटेरिनरी कार्यालय भवन निर्माण निम्ति आह्वान गर्नुपर्ने सार्वजनिक बोलपत्र सूचना प्रकाशन गरेदेखि नै गडबडी गरेको पाइएपछि कार्यालय प्रमुखसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित तीन जना व्यक्ति र कम्पनी उपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । झा सहितले भवन निर्माण क्रममा कसुरजन्य कार्य गरी गैरकानूनी लाभ लिएको अभियोग लागेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु बिकास अधिकृत झा, तत्कालीन सह लेखापाल अनिल लिम्बू, मोडाक एड्भर्टाइजिङ प्रालि तथा सोका प्रोप्राइटर कौशलराज सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले उनीहरूविरुद्ध एक लाख २९ हजार ६६७ रुपैयाँ बराबरकै बिगो कायम गरेको छ ।

केन्द्रले निर्माण व्यवसायीमध्ये एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ गरी आर्थिक प्रस्ताव खोलिएको हुँदा प्राविधिक र आर्थिक मूल्याङ्कन पुनरावलोकन गरी पाऊँ भन्‍ने व्यहोराको उजुरी निवेदन अख्तियारमा परेको थियो ।

उजुरीमा उल्लेखित मामिलामा अनुसन्धान हुँदा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीले केन्द्र भवन निर्माणको ठेक्कासम्बन्धी बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा प्रकाशन नगरेको भेटिएको थियो ।

कार्यालयको ठेक्का अभिलेखमा राख्ने प्रयोजनका लागि सौर्य राष्ट्रिय दैनिक पत्रिकामा एकप्रति मात्र सूचना प्रकाशन गरेको आयोगले जनाएको छ ।

प्रेश काउन्सिल नेपालले पनि उक्त केन्द्रको भवन निर्माणसम्बन्धी बोलपत्र आह्वानको कुनै पनि सूचना नरहेको भनी आयोगलाई लेखिपठाएको थियो ।

प्रतिवादीहरुको मिलेमतोमा झुट्टा बिल तयार गरी विज्ञापनबापत एक लाख २९ हजार ६६७ रुपैयाँ भुक्तानी दिए लिएको देखिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ५५ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई