गभर्नर पौडैल करोडौं मूल्यको शेयरका धनी, भैंसेपाटीमा घर, सुन र हिरा पनि लाखौँको « Khabarhub

गभर्नर पौडैल करोडौं मूल्यको शेयरका धनी, भैंसेपाटीमा घर, सुन र हिरा पनि लाखौँको


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमाअनुसार उनीसँग ४५ तोला सुन रहेको खुलेको छ । १५ लाख रुपैयाँ बराबरको हिराको गहना पनि आफूसँग रहेको कुरा पौडेलले सम्पत्ति विवरणमा खुलाएका छन् । उनले सुनलाई पैतृक सम्पत्ति र हिरालाई स्वआर्जन भनेका छन् ।

पौडेलले आफूसँग विभिन्न कम्पनीको शेयर रहेको पनि जनाएका छन् । पौडेलले खुलाएअनुसार उनीसँग अहिलेको मूल्यअनुसार १४ करोडभन्दा बढी पर्न आउने विभिन्न कम्पनीको शेयर छ ।

पौडेलले आफूसँग सानिमा बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावरसहितको करोडौंको शेयर रहेको खुलाएका छन् । जलविद्युत् र लगानी कम्पनीहरूमा १५ लाख ३६ हजार ५८९ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ।

सानिमा बैंकमा प्रवर्द्धक शेयरका रूपमा २ लाख ४४ हजार १७६ कित्ता शेयर छ । जसको बजार मूल्य करिब २ करोड ४४ लाख रुपैयाँ बराबर हुन्छ ।

यससँगै सानिमा माइ हाइड्रो, मिडल तमोर हाइड्रो, ग्लोबे प्रालि संयुक्त हाइड्रोपावर र चितवन इनर्जीमा पनि दुवैजनाको नाममा ठूलो परिमाणमा शेयर लगानी रहेको खुलाइएको छ।

पौडेलले सम्पत्ति विवरणमा श्रीमती प्रतिभा शर्माको नाममा सुजुकी कार रहेको खुलाएका छन् । पत्नीको नाममा ४४ लाख रुपैयाँमा किनिएको सुजुकी ब्रान्डको कार पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

उता नवलपरासी र ललितपुरमा डेढ करोड मूल्य बराबरको जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । पौडेलले विभिन्न बैंकमा बचत रकम रहेको पनि जनाएका छन् ।

पौडेलले आफू र श्रीमती प्रतिभा शर्माको नाममा सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकसहितमा २० लाख ६८ हजार रुपैयाँ बैंक बचत रहेको जनाएका छन् ।

त्यसैगरी पौडेल डलर खातामा ६६ अमेरिकी डलर र पत्नीको खातामा ४ हजार ४४६ डलर रहेको उल्लेख गरेका छन् । जसको नेपाली रुपैयाँ अहिलेको दरमा ६ लाख २२ हजार रुपैयाँ हुन्छ।

उनले पत्नी प्रतिभाको नाममा ललितपुरको भैंसेपाटीमा ५ आना २ दामको जग्गामा निर्माण गरिएको २७९५ वर्गफुटको घर रहेको खुलाएका छन् ।

यो सम्पत्ति १ करोड ५५ लाख रुपैयाँमा खरिद उनले बताएका छन् । नवलपरासीको गैंडाकोटस्थित घरजग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ४२ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि