सांसद शर्माका केएमसी र नोबेलसहित ५ मेडिकल कलेजले दिएनन् सरकारी सरह निर्वाह भत्ता  « Khabarhub

सांसद शर्माका केएमसी र नोबेलसहित ५ मेडिकल कलेजले दिएनन् सरकारी सरह निर्वाह भत्ता 


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिने सहमति केही मेडिकल कलेजहरूले कार्यान्वयन नगरेको भन्दै नेपाल चिकित्सक संघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

संघिय सांसद समेत रहेका डा. सुनिल शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज केएमसी, चितवनमा रहेको चितवन मेडिकल कलेज, कान्तिपुर डेण्टल कलेज र पिपल्स डेण्टल कलेज काठमाडौंले चिकित्सा आयोगले तोकेको ४८ हजार ७ सय ३७ रुपैयाँ नदिएको भन्दै आवश्यक कारबाही गर्न माग गरिएको छ । 

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकमा नेपालका आवासीय चिकित्सक (एमडी एमएस एमडीएस) हरूको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तह सरह ४८,७३७ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको र उक्त निर्णय कार्यान्वयन गर्नका लागि सम्पूर्ण निजी मेडिकल तथा डेन्टल कलेजहरूलाई परिपत्र गरिएको भए पनि यी संस्थाहरूद्वारा आयोगको निर्णयको अवहेलना गरिएकोले आयोगद्वारा उक्त संस्थाहरूमा एमबीबीएसरबीडीएस तथा डीएम रएमसीएचलगायतका कार्यक्रमहरूको अनुगमन र सिट निर्धारण प्रकृया रद्द गरी आवश्यक कारबाही गर्न हार्दिक आग्रह गर्दछौँ अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : २१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल