एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ « Khabarhub

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर अनेक अड्कलबाजी चलिरहेका बेला उपमहासचिव प्रदीप ज्ञवालीले यसलाई भदौमा हुने दोस्रो विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै उपमहासचिव ज्ञवालीले ७० वर्षे उमेर हदलाई सिद्धान्तको विषय बनाउन नहुने बताए ।

उनले काठमाडौंमा भएको नवौँ महाधिवेशनमा बहस हुँदै दशौँ महाधिवेशनमा राखेको कुरालाई विधान महाधिवेशनले टुंगो लगाउने पनि जानकारी दिए ।

‘पार्टीभित्रको ७० वर्षे उमेरहदको प्रावधानबारे विधान महाधिवेशनले निर्णय गर्नेछ । यसलाई सैद्धान्तिक विषय बनाउन आवश्यक छैन’, उनले भने, ‘नवौँ महाधिवेशनमा छलफल गर्दै गएर १० औँ महाधिवेशनमा राखेको कुरा हो यो । हामीले त्यस ७० वर्षे प्रावधानलाई केन्द्रीय कमिटीको बैठकबाट स्थगन गरेका थियौँ ।’

केन्द्रीय कमिटीबाट स्थगित गरिएको ७० वर्षे उमेर हदको प्रावधानलाई अब विधान महाधिवेशनमा पेश गरिने उनले बताए । ‘स्थगनको त्यो प्रस्ताव विधान महाधिवेशनमा जान्छ । यसबारे आवश्यक निर्णय विधान महाधिवेशनले लिनेछ’, उनले भने, ‘यो विषयलाई लिएर धेरै अनुमान गर्नु र सिद्धान्तको विषय बनाइनु जरूरी छैन । यो सिद्धान्तको विषय होइन प्राविधिक र व्यवहारिक कुरा हो ।’

पूर्वउराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किन कोसिस गरेसँगै एमालेमा ७० वर्षेले नयाँ विवाद ल्याएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली हाल ७४ वर्ष लागिसकेकाले उनी ७० वर्षे स्थगनलाई निरन्तरता दिन चाहन्छन् ।

तर एमालेको राजनीतिमा आउन तयार भण्डारीको पक्षमा खुलेका भनिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेर हद एमालेलाई चाहिने बताइसकेका छन् । यो उमेर हदलाई लिएर एमाले पंक्ति दुई पक्षमा विभक्त छ । यस्तो अवस्थामा ७० वर्षेलाई लिएर एमालेको विधान महाधिवेशनमा चुनाव हुने सम्भावना पनि छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ११ बजे

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल