अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग « Khabarhub

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । अछामको साँफेबगरमा आयोजित कार्यक्रममा काठमाडौँस्थित जापानी दूतावासका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले उक्त सामग्री हस्तान्तरण गरे ।
 
जापान सरकारको ग्रामीण मानवसुरक्षा परियोजनाअन्तर्गत ‘ट्रमा’ र हाडजोर्नीसम्बन्धी शल्यक्रियाका लागि करिब ९० लाख बराबरका आवश्यक उपकरण हस्तान्तरण गरिएको यहाँस्थित जापानी दूतावासले जनाएको छ।
 
बयलपाटा अस्पतालबाट सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा र डोटी तथा कर्णाली प्रदेशको कालिकोट र दैलेख जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । प्रदेश र स्थानीय सरकार तथा गैरसकारी संस्थाको सहयोगमा सो अस्पताल सञ्चालन हुँदै आएको छ । 

त्यस अवसरमा कार्यवाहक राजदूत तामुराले जापानी सहयोगले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र दुई देशका जनताको मित्रतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : २४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि