अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग « Khabarhub

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । अछामको साँफेबगरमा आयोजित कार्यक्रममा काठमाडौँस्थित जापानी दूतावासका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले उक्त सामग्री हस्तान्तरण गरे ।
 
जापान सरकारको ग्रामीण मानवसुरक्षा परियोजनाअन्तर्गत ‘ट्रमा’ र हाडजोर्नीसम्बन्धी शल्यक्रियाका लागि करिब ९० लाख बराबरका आवश्यक उपकरण हस्तान्तरण गरिएको यहाँस्थित जापानी दूतावासले जनाएको छ।
 
बयलपाटा अस्पतालबाट सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा र डोटी तथा कर्णाली प्रदेशको कालिकोट र दैलेख जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । प्रदेश र स्थानीय सरकार तथा गैरसकारी संस्थाको सहयोगमा सो अस्पताल सञ्चालन हुँदै आएको छ । 

त्यस अवसरमा कार्यवाहक राजदूत तामुराले जापानी सहयोगले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र दुई देशका जनताको मित्रतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : २४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले