अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । 

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शीर्ष नेत्री मङ्गलादेवी सिंहले महिलालाई मताधिकारसँगै शिक्षा र सम्पत्तिको हक, नीतिगत तहमा सहभागिताको सुनिश्चिततासँगै महिलाको आर्थिक अधिकारका लागि आवाज उठाएको स्मरण गरे । 

‘देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको योगदान महत्त्वपूर्ण छ’, उपप्रधानमन्त्री सिंहले भने। काठमाडौँ महानगरपालिका–१० बानेश्वरका स्थानीय महिलाको सीप विकास र आयआर्जन वृद्धिका लागि मङ्गलादेवी सिंह फाउन्डेसनले प्रदान गरेको १० दिने अचार बनाउने तालिम का सहभागीलाई उहाँले प्रमाणपत्र वितरण गर्दै सिकेको सीपबाट आयआर्जनका लागि शुभकामना पनि दिए ।

कार्यक्रममा मङ्गलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले फाउन्डेसनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न स्थानमा सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिए । उनले उत्पादनसँगै त्यसको बजारीकरणका लागि पनि सहभागीले तालिमको माग गरेको भन्दै त्यसका लागि फाउन्डेसनले कार्यक्रम ल्याउने बताए।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : २८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले