सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ « Khabarhub

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार राजबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । गण्डकी प्रदेशका सूचनाको हक अभियन्ताहरूको पोखरामा सम्पन्न भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता आचार्य, महासचिवमा भारत कोइराला, सचिवमा कृष्ण क्षेत्री, महिला सचिवमा माया अधिकारी र कोषाध्यक्षमा टीका आचार्य चयन भए । 

त्यसैगरी, समितिका सदस्यहरूमा गीता लामिछाने बिष्ट, रोशन लामिछाने, शंकरराज नहर्की, विराज त्रिपाठी, सुभाष पौडेल, सुशीला रोका, शिवप्रसाद गौतम र मिला दराई छन् । 

यसैबीच, नवनिर्वाचित समितिको पहिलो बैठकले महासंघका गण्डकी प्रदेश सल्लाहकारमा गंगाधर पराजुली, पुण्य पौडेल र ओमप्रकाश शर्मालाई मनोनीत गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । बैठकले महासचिव भरत कोइरालालाई सूचना अधिकारीको जिम्मा लिने निर्णय गरेको छ । 

पोखराका अग्रज पत्रकारहरू गंगाधर पराजुली, नारायण कार्की, पुण्य पौडेल, ओमप्रकाश शर्मा र शिवप्रसाद बास्तोकोटी सम्मिलित निर्वाचन सहजीकरण समितिले सर्वसम्मत रूपमा कार्यसमिति चयन प्रक्रिया टुङ्ग्याएको थियो ।

कार्यक्रममा महासंघका राष्ट्रिय अध्यक्ष उमिद बागचन, वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासचिव पूर्णप्रसाद मिश्रलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ४३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले