जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड « Khabarhub

जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणका लागि राजनीतिकर्मीको साथै सञ्चारजगत पनि व्यवस्थित, अनुशासित र मर्यादित हुनुपर्ने बताएका छन् ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि मिथिला विहारी नगरपालिस्थित कल्चरलमा सुरु भएको मधेस प्रदेशमा दर्ता भएका अनलाइनका सम्पादकसँगको अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रमा जनता नै सबैभन्दा अधिकार सम्पन्न हुने भएकाले जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले आफ्ना सेवा प्रवाह गर्नुपर्ने बताए ।

उहाँनले राज्यका सबै अङ्ग र एकाइ समावेशी हुनुपर्ने उल्लेख गर्दै अहिलेसम्म राज्यका सबै निकाय समावेशी हुन नसकेको बताए । उनले सङ्घीयता र समावेशीताको निमित्त सञ्चारकर्मीको जिम्मेवारी अझ बढेको भन्दैै सङ्घीयताको सफल कार्यान्वयनका निमित्त सञ्चारकर्मीको कलम चल्नुपर्ने बताए ।

मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री लेखीले भन्नुभयो, “पहिलाभन्दा अहिले आएर सञ्चारकर्मी पनि मेहनत गर्ने कार्यमा कमी आएको छ, ‘कपिपेष्ट’ पत्रकारिता फस्टाएको छ, यसलाई रोक्ने काममा पनि हामी सबैको भूमिका हुनुपर्छ ।” उहाँले भौतिक संरचना निर्माण गरेर देशको समृद्धि हुन नसक्ने भन्दै भौतिकका साथै शिक्षा, स्वास्थ्य र मानव कल्याणका विषयलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेस प्रदेशका अध्यक्ष किशोरकुमार लेखी, मिडिया काउन्सिल मधेस प्रदेशका सदस्य सुरेशकुमार यादव, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका कार्यालय प्रमुख प्रशन्नराज कर्णसहितले आफ्नो धारणा राखेका थिए । तीन दिवसीय सो अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लामा सञ्चालित अनलाइनका सम्पादकको सहभागिता छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ८ : २२ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने