मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव « Khabarhub

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले चिकित्सा नैतिकता (मेडिकल इथिक्स) छोड्न नहुने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आज आयोजित ‘एक्युट अङ्कोलोजी सर्भिस’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले पैसा–पैसा भन्ने डाक्टरले चिकित्सा नैतिकता पालना नगर्ने बताए।

राम्रो उपचार गर्ने डाक्टर नर्सको ‘एम्बेसडर’ बिरामी बन्ने बताउँदै उनले भने, “राम्रो उपचार पाएको बिरामीले भन्छ कि ‘यो डाक्टर राम्रो छ’ भनेर । यसले तपाईंको इज्जत, मानसम्मान प्राप्त हुन्छ, त्यसको ‘बाइप्रडक्टर’ पैसा हुन्छ ।”

चिकित्सक र नर्सको व्यवहारले बिरामीको आधा रोग निको हुने बताउँदै उहाँले पैसाको पछाडि नदौडिन आग्रह गरे । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवले प्रतिस्पर्धी बन्न सके पैसा आफैँ पछाडि लाग्ने बताए । उनले भने, “पैसाको पछि नभाग, पैसा तिम्रो पछि भाग्नेछ ।”

आफूले नौ वर्ष अघि प्रोस्टेट क्यान्सरको उपचार गरेको स्मरण गर्दै उहाँले पेटस्क्यान गर्न जापान जानु परेको स्मरण गराए । उनले भने, “जापानबाट फर्केपछि नेपालमै पेट स्क्यान ल्याउनुपर्छ भनेर तत्कालीन सरकारलाई रु ३६ करोड बजेट विनियोजन गर्न लगाएको थिएँ ।”

उक्त रकम फ्रिज भएको तर मेसिन आउन नसकेको उनको भनाइ थियो । अहिले यस अस्पतालले पेट स्क्यान मेसिन ल्याउने प्रक्रिया पुनः सुरू गरेकोमा आफूलाई खुसी लागेको बताए ।

डा यादवले दुई दशकमा देशमा ठूलो परिवर्तन आएको बताए । शिक्षा, स्वास्थ्य, दूरसञ्चार, पूर्वाधार क्षेत्रमा धेरै ठूलो परिवर्तन भएको भन्दै उनले अझै गुणस्तरीय रुपमा विकास अघि बढाउनुपर्ने आवश्यक रहेको औँल्याए । लोकतन्त्रपछि स्थानीय तहमा ३६ हजार जनप्रतिनिधिमध्ये १२ हजार दलित, जनजाती, मधेशी, महिला, सीमान्तकृत जननप्रतिनिधि रहेको चर्चा गर्दै उनले यो लोकतन्त्रको उपलब्धि भएको बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले २५ वर्षमा क्यान्सर अस्पतालबाट धेरै अनुभव सिकिएको बताउँदै त्यही अनुभवबाट अहिले विभिन्न तालिम आयोजना गरिएको बताए । नेपालमा अन्यत्र नभएको दक्ष जनशक्ति यस अस्पतालमा भएको चर्चा गर्दै डा पौडेलले क्यान्सरको जनशक्ति नेपालमा अझै कमि रहेको बताए ।

एक्युट अङ्कोलोजी सर्भिसका परिकल्पनाकार एवं अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले नेपालमा पहिलो पटक क्यान्सरको आकस्मिक अवस्था (एक्युट अङ्कोलोजी सर्भिस)मा विशेषज्ञ उपचार सेवाका बारेमा प्रकाश पारेका थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा सम्पन्न “फाउण्डेसन कोर्स टु अक्युट अङ्कोलोजी सर्भिस” तालिम सम्पन्न भएसँगै एक्युट अङ्कोलोजी सर्भिस सुरू गरिएको उनले बताए।

एक्युट अङ्कोलोजी सर्भिसअन्तर्गत, रोगीले आकस्मिक लक्ष्ण देखाउने वित्तिकै तत्काल उपचार, समन्वययुक्त मूल्याङ्कन र बिरामीको अवस्थाअनुसार प्राथमिकता तोक्ने व्यवस्था गरिने उनको भनाइ छ । कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, उपनिर्देशक डा उमेश नेपाल, डा योगेश रेग्मीलगायतले बालेका थिए । कार्यक्रमका अवसरमा तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थी चिकित्सक, नर्सलाई पूर्व राष्ट्रपति डा यादवले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ९ : ५५ बजे

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो