‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण « Khabarhub

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘सन अफ सरदार २’ अब छिट्टै रिलिज हुने तयारीमा छ।

फिल्ममा यसपटक रवि किशन ‘बिहारी सरदार’को भूमिकामा देखिँदै छन्। सुरुवातमा अभिनेता सञ्जय दत्तलाई महत्वपूर्ण भूमिकाका लागि कास्ट गरिएको थियो। तर भिसा समस्याका कारण अभिनेता सञ्जय दत्तको स्थान रवि किशनले लिएका छन्।

यो जानकारी स्वयं अभिनेता रवि किशनले हालै एक पोडकास्ट कार्यक्रममा दिएका हुन्। उनले बताएअनुसार, सञ्जय दत्तको बेलायतको भिसा अस्वीकृत भएपछि फिल्मका निर्माता तथा अभिनेता अजय देवगनले उनलाई फोन गरी उक्त भूमिका अफर गरेका थिए।

रवि किशनले भने, “अचानक अजय देवगनको फोन आयो। हामीले ‘सिङ्घम रिटर्न्स’ मा सँगै काम गरेका थियौं। उनले मलाई भने, ‘यार रवि, समस्या आयो। ४० दिन विदेश जान मिल्छ ?’ म अक्क न बक्क भएँ। त्यसपछि उनले सञ्जय दत्तको भिसा बेलायती सरकारले रिजेक्ट गरेको बताए र मलाई उक्त भूमिकामा काम गर्न आग्रह गरे।”

रविले आफू चुनावमा व्यस्त रहेको समयमा आएको उक्त प्रस्तावका लागि आफ्ना म्यानेजरसँग मिलेर समय मिलाएको जनाए। उनले यो घटनालाई भाग्यको खेल मान्दै भने, “सञ्जय दत्त जस्ता दिग्गज अभिनेताको ठाउँ कोही लिन सक्दैन। तर यस्तो अवस्था आयो, र म यो को लागि भूमिकामा आएँ। यो डेस्टिनी हो कि लक, म भन्न सक्दिन।”

फिल्ममा उनी ‘बिहारी सरदार’ को भूमिकामा देखिँदै छन्। उनले यस भूमिकालाई विशेष बताउँदै भने, “बिहारमा सरदार समुदायको ठूलो उपस्थिति छ। उनीहरूलाई पर्दामा आफूलाई यस्तो चरित्रमा देख्न पाउँदा गर्व लाग्नेछ।”

यसअघि यो फिल्म ९ गते शुक्रबार प्रदर्शन हुने तय गरिएको थियो, तर पछि रिलिज मिति एक हप्ता पछाडि सारेर १६ गते शुक्रबारको लागि प्रदर्शनमा आउने भएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ३५ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक