चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका-२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार गए राती १२:३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ च ०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३-००१ख३३६५ नम्बर (रात्रिबस) लाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६-००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १:१९ बजे मृत्यु भएको हो। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ५१ बजे

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु