गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड « Khabarhub

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुनसरी – अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका-४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ।

सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय अरुण मण्डलले जानकारी दिए। यहाँ दैनिक १०० भन्दा बढी नुहाउनकै लागि आउन थालेको स्थानीय रुपेश झाले भने ।

चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाइ छ।

कटान क्षेत्रमा लामो तथा छाटो दूरीका सवारीसाधनका चालक र यात्रु समेत नुहाएर विश्राम लिने गरेका छन्। यस स्थानलाई गर्मी मौसमको समयमा व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन सकिने भएकाले ठोस योजना बनाउन आवश्यक रहेको स्थानीय बताउँछन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ५८ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत