कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार पनि जारी « Khabarhub

कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार पनि जारी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार दोस्रो दिन पनि जारी छ । शुक्रबार दुबै मुलुकले एक अर्काविरुद्ध भारी तोपले आक्रमण गरेको समाचार संसथा रोयटर्सले जनाएको छ ।

पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ । मारिनेमा १५ जना थाइल्याण्डका छन् भने एक जना कम्बोडियाका छन् ।

शुक्रबार सबेरै कम्बोडियाले रुसमा निर्मित बीएम–२१ रकेट प्रणालीले थाइल्याण्डको उबोन राट्चाठानी र सुरिन प्रान्तमा हमला गरेको थाई सेनाले जनाएको छ । अधिकारीका अनुसार तनाव बढ्दै जाँदा थाइल्याण्डको भूमिबाट १ लाख जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कम्बोडियाली आक्रमणको जवाफमा आफ्नो सेनाले पनि आवश्यक जवाफी कारवाही सञ्चालन गरेको थाई सेनाले उल्लेख गरेको छ । हाल थाइल्याण्डले कम्बोडियासँगको सीमा क्षेत्रमा दर्जनौँ ट्रक, बख्तरबन्द गाडी र ट्याङ्क परिचालन गरेको जनाइएको छ ।

कम्बोडियाले भने थाई फौजले क्लस्टर म्युनिसनले आक्रमण गरेको जनाएको छ । थाई लडाकु विमानले कम्बोडियामा क्लस्टर म्युनिसनबाट आक्रमण गरेको कम्बोडियाले जनाएको हो ।

अन्तर्राष्ट्रिय कानुनअनुसार यस्तो हतियारको प्रयोग अवैध मानिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ३३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल