मणिपुरमा जारी राष्ट्रपति शासन थप छ महिनाका लागि विस्तार « Khabarhub

मणिपुरमा जारी राष्ट्रपति शासन थप छ महिनाका लागि विस्तार


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको मणिपुर राज्यमा पहिलेदेखि नै लागू गरिएको राष्ट्रपति शासनलाई १३ फेब्रुअरी २०२६ सम्म लम्ब्याउने वैधानिक प्रस्ताव पेश भएको छ ।

भारतको केन्द्र सरकारको प्रस्तावमा भारतीय संसद्ले मणिपुर राज्यमा राष्ट्रपति शासन छ महिनाका लागि बढाउने निर्णयलाई अनुमोदन गरेको हो । यो आदेश सन् २०२५ अगस्त १३ देखि लागू हुनेछ ।

यस सम्बन्धमा राज्यसभाले एक सूचना जारी गरी भनेको छ, “यो सदन संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा राष्ट्रपतिले जारी गरेको घोषणालाई सन् २०२५ अगस्ट १३ देखि ६ महिनाका लागि निरन्तरता दिने प्रस्तावलाई अनुमोदन गर्दछ।”

एन बिरेन सिंहले मुख्यमन्त्रीपदबाट राजीनामा दिएपछि मणिपुरमा फेब्रुअरी १३ मा राष्ट्रपति शासन लगाइएको थियो ।

राज्यमा सन् २०२३ को मे देखि नै जातीय द्वन्द्व चर्किरहेको छ । अहिलेसम्म त्यहाँ स्थायी शान्ति स्थापना हुन सकेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ४७ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन