मणिपुरमा जारी राष्ट्रपति शासन थप छ महिनाका लागि विस्तार | Khabarhub Khabarhub

मणिपुरमा जारी राष्ट्रपति शासन थप छ महिनाका लागि विस्तार


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको मणिपुर राज्यमा पहिलेदेखि नै लागू गरिएको राष्ट्रपति शासनलाई १३ फेब्रुअरी २०२६ सम्म लम्ब्याउने वैधानिक प्रस्ताव पेश भएको छ ।

भारतको केन्द्र सरकारको प्रस्तावमा भारतीय संसद्ले मणिपुर राज्यमा राष्ट्रपति शासन छ महिनाका लागि बढाउने निर्णयलाई अनुमोदन गरेको हो । यो आदेश सन् २०२५ अगस्त १३ देखि लागू हुनेछ ।

यस सम्बन्धमा राज्यसभाले एक सूचना जारी गरी भनेको छ, “यो सदन संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा राष्ट्रपतिले जारी गरेको घोषणालाई सन् २०२५ अगस्ट १३ देखि ६ महिनाका लागि निरन्तरता दिने प्रस्तावलाई अनुमोदन गर्दछ।”

एन बिरेन सिंहले मुख्यमन्त्रीपदबाट राजीनामा दिएपछि मणिपुरमा फेब्रुअरी १३ मा राष्ट्रपति शासन लगाइएको थियो ।

राज्यमा सन् २०२३ को मे देखि नै जातीय द्वन्द्व चर्किरहेको छ । अहिलेसम्म त्यहाँ स्थायी शान्ति स्थापना हुन सकेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ४७ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार