पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन् 


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र प्रतिक्रिया दिएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कुनै ‘मुट्ठीभर मानिस’ले रोकेर थाम्न नसक्ने स्पष्ट पारिन् ।

भण्डारीले भनिन्, ‘मैले सचेततापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि राजनीतिमा फर्किन पार्टी सदस्यता नवीकरण गरेकी हुँ । तर केही मुठ्ठीभरले हुलहुज्जत गरेर रोक्न खोजिरहेका छन् ।’

पूर्वराष्ट्रपतिका अनुसार उनी ३५ वर्ष एमालेको सक्रिय राजनीतिमा लागेपछि राष्ट्रपतिमा पुगेकी थिइन् । उनले भनिन्, ‘मैले राष्ट्रपतिमा जाँदा एमाले छाडेकी होइन, विधिपूर्वक सदस्यता नवीकरण गरेको हो । म आज पनि एमालेको परिवारमै छु’, उनले भनिन् ।

एमाले प्रवेशमा हाल आफूलाई रोकिएको गुनासो गर्दै उनले भनिन्, ‘पार्टी सदस्यता लिएको ४५ वर्ष भइसक्यो । जननेता मदन भण्डारीले सदस्यता दिलाएका थिए । मेरो सदस्यता कसैले खान सक्दैन ।’

एमालेभित्र भण्डारीको सक्रिय राजनीतिमा पुन: प्रवेशलाई लिएर हाल विवाद चुलिएको छ । पार्टी नेतृत्वको निर्णयले भण्डारीलाई संस्थागत रूपमा रोक्ने प्रयास भइरहेको देखिन्छ भने भण्डारीले सार्वजनिक रूपमा त्यसको कडा प्रतिवाद गरेकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : १४ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी