एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य « Khabarhub

एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले रोकेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गरिरहेकी छिन् ।

बबरमहलस्थित कार्की बान्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केही एमाले नेता पनि देखिएका छन् ।

विद्याको पत्रकार सम्मेलन एमालेका पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल देखिएका छन् ।

कुनै बेला केपी शर्मा ओलीनिकट उनले एमाले मोरङको दशौँ महाधिवेशनमा आफ्नो प्यानल नै जिताएका थिए । एमाले मोरङमा अजम्बर राईसहित प्यानलैसहित उनले जिताएका थिए।

एमालेले भण्डारीको पत्रकार सम्मेलनमा नजान कडा निर्देशन दिएको थियो । एमाले केन्द्रीय सचिवालयले सम्बन्धित प्रदेशका इन्चार्जहरूलाई भण्डारीको पत्रकार सम्मेलनमा एकजना पनि केन्द्रीय सदस्यलाई जान नदिन भनेको थियो । तर केही केन्द्रीय सदस्यहरू विद्या भण्डारीलाई साथ दिने पुगे ।

एमालेको चेतावनी छल्दै भण्डारीको पत्रकार सम्मेलनमा केही केन्द्रीय सदस्यहरू देखिएका छन् । पत्रकार सम्मेलनमा काठमाडौंकी केन्द्रीय सदस्य सरिता न्यौपाने देखिइन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य युवराज बास्कोटा, सीता पौडेल र रमेश पौडेल पनि देखिएका छन् ।

त्यसैगरी युवासंघको अध्यक्षमा पराजित सुमन पुरी, प्रेस चौतारीमा निषेध गरिएका राजेश राई र अनेरास्ववियुमा पराजित प्रकाश पौडेल पनि देखिएका छन् ।

एमालेका भोजपुरका पूर्वजिल्ला अध्यक्ष शरणकुमार राई पनि पत्रकार सम्मेलनमा देखिए। उता भण्डारीनिकट स्थायी कमिटी सदस्य कर्ण थापा भने पत्रकार सम्मेलनमा देखिएनन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ४७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट