एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य « Khabarhub

एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले रोकेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गरिरहेकी छिन् ।

बबरमहलस्थित कार्की बान्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा केही एमाले नेता पनि देखिएका छन् ।

विद्याको पत्रकार सम्मेलन एमालेका पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल देखिएका छन् ।

कुनै बेला केपी शर्मा ओलीनिकट उनले एमाले मोरङको दशौँ महाधिवेशनमा आफ्नो प्यानल नै जिताएका थिए । एमाले मोरङमा अजम्बर राईसहित प्यानलैसहित उनले जिताएका थिए।

एमालेले भण्डारीको पत्रकार सम्मेलनमा नजान कडा निर्देशन दिएको थियो । एमाले केन्द्रीय सचिवालयले सम्बन्धित प्रदेशका इन्चार्जहरूलाई भण्डारीको पत्रकार सम्मेलनमा एकजना पनि केन्द्रीय सदस्यलाई जान नदिन भनेको थियो । तर केही केन्द्रीय सदस्यहरू विद्या भण्डारीलाई साथ दिने पुगे ।

एमालेको चेतावनी छल्दै भण्डारीको पत्रकार सम्मेलनमा केही केन्द्रीय सदस्यहरू देखिएका छन् । पत्रकार सम्मेलनमा काठमाडौंकी केन्द्रीय सदस्य सरिता न्यौपाने देखिइन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य युवराज बास्कोटा, सीता पौडेल र रमेश पौडेल पनि देखिएका छन् ।

त्यसैगरी युवासंघको अध्यक्षमा पराजित सुमन पुरी, प्रेस चौतारीमा निषेध गरिएका राजेश राई र अनेरास्ववियुमा पराजित प्रकाश पौडेल पनि देखिएका छन् ।

एमालेका भोजपुरका पूर्वजिल्ला अध्यक्ष शरणकुमार राई पनि पत्रकार सम्मेलनमा देखिए। उता भण्डारीनिकट स्थायी कमिटी सदस्य कर्ण थापा भने पत्रकार सम्मेलनमा देखिएनन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ४७ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा