बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव « Khabarhub

बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ खाएको ठीक एक वर्षपछि आफ्नै दलका सांसदहरूबाट अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएको छ । 

एक वर्षअघि आजकै दिन मुख्यमन्त्रीको सपथ खाएका लामाविरुद्ध शुक्रबार नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव गर्दा गरेका छन् । 

अविश्वासको प्रस्तावमा कांग्रेसबाट विजयी ३७ मध्ये २१ प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले अविश्वासको प्रस्ताव पार्टीको बागमती प्रदेश संसदीय दलको कार्यालयमा दर्ता गरिसकेका छन् । 

अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि शुक्रबार नै प्रदेश सरकारमा कांग्रेसबाट सहभागी चार जना मन्त्रीले राजीनामा दिएका थिए । १४ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा मुख्यमन्त्री लामासहित कांग्रेसबाट आठ जना सहभागी थिए । 

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् । 

बागमती प्रदेश सरकारमा कांग्रेसबाट हरिप्रभा खड्कीले सामाजिक विकास, कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना र श्याम खड्काले खानेपानी तथा उर्जा सिँचाइ मन्त्रालय सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ५५ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै