राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति ताइवान सरकार प्रतिबद्ध छ : ताइवानी उपराष्ट्रपति « Khabarhub

राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति ताइवान सरकार प्रतिबद्ध छ : ताइवानी उपराष्ट्रपति


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानकी उपराष्ट्रपति साइओ बि खिमले राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति आफ्नो सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । ताइवानलाई लक्षित गर्दै चिनियाँ सैन्य गतिविधि बढिरहेका बेला उपराष्ट्रपतिले यस्तो बताएकी हुन् ।

विदेशी सञ्चारमाध्यम तथा प्रतिनिधिसँगको संवादका क्रममा उनले अत्यन्त अस्थीर र संवेदनशील क्षेत्रमा अवस्थित ताइवानले आवश्यक सन्तुलन कायम राख्दै अघि बढिरहेको उल्लेख गरिन् । उनले चिनियाँ गतिविधिलाई ‘आक्रामक सैन्य व्यवहार’ को संज्ञा समेत दिइन् ।

ताइपेई टाइम्सका अनुसार उनले चीनले घुसपैठ र ताइवानी समाजमा विभाजन ल्याउने प्रयास गरिरहेको आरोप समेत लगाइन् । चीनको यस्तो कदमबाट क्षेत्रीय यथास्थितिमा प्रत्यक्ष रुपमा नकारात्मक असर पार्ने उनको भनाइ छ ।

उनले चिनियाँ गतिविधिको जवाफ दिन ताइवानले विभिन्न कदमहरु पनि चालिरहेको जानकारी दिइन् । उनका अनुसार हाल ताइवानले राष्ट्रिय प्रतिरक्षा रणनीतिमा सुधारको प्रयास गरिरहेको छ भने सैन्य आधुनिकीकरणमा जोड दिइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ३२ बजे

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्