भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न « Khabarhub

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक सम्पन्न भएको छ । फिजीको राजधानी सुभामा दुई मुलुकको संयुक्त कार्यसमूहको पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकमा भारतका तर्फबाट रक्षा मन्त्रालयका सहसचिव विश्वेश नेगी र फिजीका तर्फबाट कार्यवाहक स्थायी रक्षासचिव सैनितिकी राभुसो सहभागी थिए । बैठकमा सैन्य प्रशिक्षण, क्षमता अभिवृद्धि र द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय फिजी र भारतबीचको सम्बन्ध थप गहिरो बन्दै गएको एएनआईले उल्लेख गरेको छ । भारत फिजीको महत्वपूर्ण विकास साझेदारका रुपमा रहेको छ ।

त्यसबाहेक दुई मुलुकबीच जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइएको छ । फिजीबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षाका लागि भारत आउने गरेका छन् । भारतबाट पनि फिजीमा ठूलो सङ्ख्यामा पर्यटकहरु जाने गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ५९ बजे

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल