पाकिस्तानले बलोचिस्तानमा प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको एमनेष्टीको ठहर | Khabarhub Khabarhub

पाकिस्तानले बलोचिस्तानमा प्रतिआतंकवाद कानुनको दुरुपयोग गरेको एमनेष्टीको ठहर


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले प्रतिआतंकवाद सम्बन्धी कानुनको दुरुपयोग गरी बलोचिस्तान प्रान्तमा अधिकारकर्मीको आवाज दबाइरहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले बलोचिस्तानमा अधिकारकर्मीको आवाज दबाउन पाकिस्तानले प्रतिआतंकवादी कानुनको दुरुपयोग गरेको जनाएको हो ।

बलोचिस्तान पोस्टका अनुसार पाकिस्तानले पछिल्लो समय बलोचिस्तानमा मानव अधिकारवादी कार्यकर्तालाई धरपकड गर्ने, बेपत्ता बनाउने र गैरन्यायिक हिरासतमा राख्ने कार्यलाई तीव्र पारेको छ । बलोचिस्तानमा विरोध दबाउन पाकिस्तानी प्रशासनले उपनिवेशकालमा लागू भएको सार्वजनिक कानुनव्यवस्था विधान र सन् १९९७ को प्रतिआतंकवाद कानुनको प्रयोग गर्दै आएको एमनेष्टीले जनाएको छ ।

यसरी नियन्त्रणमा लिइएका अधिकारकर्मीमाथि चरम यातना दिने गरिएको एमनेष्टीले उल्लेख गरेको छ । सन् २०२४ मा मात्रै बलोचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा २ हजार ३ सय ३२ जना बेपत्ता पारिएका थिए ।

एमनेष्टीले बन्धक बनाइएकाहरुको रिहाईका लागि पाकिस्तानमाथि दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायसँग पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ०३ बजे

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका

कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी

काठमाडौँ- विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको समर्थनमा नेपाली कांग्रेसका ४५ जना निवर्तमान

डोल्पाका याक मुस्ताङमा

मुस्ताङ – हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्