बेथानचोकमा ‘कोसेली घर’ सञ्चालन « Khabarhub

बेथानचोकमा ‘कोसेली घर’ सञ्चालन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बेथानचोक गाउँपालिकामा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । उनले कोसेली घर थप व्यवस्थापनका लागि सहयोग गर्ने जनाउँदै उद्यमशीलता विकाससँगै आर्थिक समृद्धिमा कोसेली घर प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

‘उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय गरी प्रदेश सरकारले सहयोग गर्नेछ’, उनले भने । प्रदेश सरकारको १८ लाख २१ हजार दुई सय ८५ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा ३६ लाख ४२ हजार पाँच सय ७० मा कोसेली घर सञ्चालनमा ल्याइएको हो । सञ्चालित उक्त कोसेली घरबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, बीउ पुँजी वितरण, महिला उद्यमी समूहबाट उत्पादित सामग्री खरिद तथा कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिने जनाइएको छ ।

गाउँपालिकाका अनुसार स्थानीय एक सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिइसकेका छन् । जसमध्ये दुई महिला उद्यमी समूह गठन गरी एक–एक लाखका दरले बीउ पुँजी वितरण गराइएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आर्थिक समृद्धिका लागि गृहिणी महिलालाई उद्यमसँग जोड्दै सशक्तिकरणको उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ । गाउँपालिकाका अनुसार वडा नम्बर १ मा बुनाइ तालिम, सर्वोत्तम लिटो, सातु, बाटेको धूप, ३ नम्बरमा कोलिन, सरफ, डल्लो साबुन, झोल साबुन, वडा नम्बर ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने तालिम सञ्चालन गरिएको थियो ।

यस्तै वडा नम्बर ५ मा सिलाइकटाई र वडा नम्बर ६ मा अमिलो जातका फलफूलखेती तालिम सञ्चालन गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम काभ्रेसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका ४० स्थानीय तहमा सञ्चालन भइरहेको छ । (रासस)

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्