एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल « Khabarhub

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत् पार्टी गठन भएको बताएका छन् । 

सोमबार ‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै उनले एकीकृत पार्टी गठनलाई समाजवादी दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिताविरुद्धको विद्रोह भनेका छन् ।  

एकीकृत समाजवादीले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धिकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ ।  

एकीकृत समाजवादीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवादउन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको नेपालको भनाइ छ । 

‘यद्यपि अहिले पनि नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौँ विकृति र विसंगति विद्यमान छन्, जसका विरुद्ध केबल नेता–कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ०७ बजे

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी– अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

एजेन्सी– अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा