विप्लव फकाउने होडबाजी : प्रचण्डले वार्ता गरेलगत्तै हरिसिद्धि पुगे जनार्दन « Khabarhub

विप्लव फकाउने होडबाजी : प्रचण्डले वार्ता गरेलगत्तै हरिसिद्धि पुगे जनार्दन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमासचिव जनार्दन शर्मा प्रभाकरबीच नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई फकाउने होडबाजी चलेको छ।

सोमबार बिहान माओवादी अध्यक्ष दाहालले ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा छलफल गरेका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबीच हरिसिद्धिमा समसामयिक विषयमा कुरा भएको छ ।

‘समाजवादी मोर्चा र पार्टी एकताबारे लगायतका विषयमा कुरा भएको छ’, आचार्यले भने, ‘एकताका लागि दुवै पार्टीका निर्णयहरूबारे कुरा भएको छ।’

विप्लवसँग लामो छलफल गरेर प्रचण्ड बाहिरिएलगत्तै माओवादी उपमहासचिव जनार्दन शर्मा प्रभाकर हरिसिद्धि पुगेका छन् ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा भित्र्याउन जोडबल गरिरहेका छन् ।

त्यहीअनुसार गत साउन १९ गते प्रचण्डले माओवादी केन्द्रको स्थायी समिति बैठकबाट ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गराएका थिए।

काठमाडौंमा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको पार्टीसँग एकता गर्ने निर्णय गरेको त्यसबेला उपाध्यक्ष अग्नि सापकोटाले बताएका थिए ।

तर यता विप्लव भने आफ्नै नेतृत्वमा कम्युनिस्ट केन्द्र निर्माणमा लागेका छन् । उनले नयाँ अभियान थाल्दै गर्दा यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि संवाद गरेका थिए ।

पछिल्लो समय जनार्दनसँग विप्लव नजिकिएको जानकारी पाएसँगै प्रचण्डले उनलाई आफ्नै पक्षमा उभ्याउन जोडबल गरिरहेका छन् । तर उता विप्लवले जनार्दन, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालहरूसँग मिलेर छुट्टै कम्युनिस्ट केन्द्रको अभ्यास गरिरहेका बेला प्रचण्डले हरिसिद्धिमै पुगेर सम्वाद गरेका हुन् ।

अपडेट

जनार्दनले अस्वीकार गरे भेट

यसैबीच माओवादी उपमहासचिव शर्माले सोमबार नै विप्लवसँग भेट गरेको कुरालाई अस्वीकार गरेका छन् ।

उनले खबरहबसँगको कुराकानीमा आफू विप्लवलाई भेट्न हरिसिद्धि नगएको बताएका छन् । ‘म विप्लवजीलाई भेट्न सोमबार हरिसिद्धि गएको छैन’, उनले भने, ‘अरू कोही जनार्दन नामका व्यक्ति गएका हुन सक्छन् ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : ४६ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा