राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि तालिका सार्वजनिक भएको छ ।

सोमबार प्रतिनिसभाका सचिव हर्कराज राईले भदौ ११ गतेका लागि निर्धारण गरिएको सभापतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । 
जसअनुसार भदौ १० गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रस्ताव दर्ताको समय निर्धारण गरिएको छ । 

यस्तै भदौ १० गते सवा ४ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन हुने छ । 

यस्तै भदौ ११ गते दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ । 

उक्त बैठक समितिको कार्यकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ४ : २६ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका