विदेशमा तीज मनाउन कलाकारको दौडधूप « Khabarhub

विदेशमा तीज मनाउन कलाकारको दौडधूप


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको व्यस्तता बढ्छ । पछिल्लो समय मुख्य चाडबाडका बेला चर्चित कलाकारहरु देशबाहिरै दौडधूप गर्ने क्रम बढ्दो छ ।

तीजविशेष कार्यक्रम लिएर विदेशमा रहेका नेपाली दर्शकसँग लाइभ प्रस्तुतीमार्फत् साक्षात्कार गर्न नाम चलेका कलाकारहरु विदेश पुग्ने गरेका हुन् ।

अहिले स्वदेशमा भन्दा पनि विदेशमा युवा पुस्ताका कलाकारको माग बढ्दो छ । ‘स्थापित युवा पुस्ताका कलाकारको माग बढ्दो रहेकाले अघिल्ला पुस्ताको विदेश भ्रमणमा कमी आयो’ भन्ने कोणबाट पनि चर्चा भइरहेको छ ।

नयाँ पुस्ताका कलाकारहरुको विदेश भ्रमण तालिका हेर्दा पनि यो चर्चालाई थप टेवा पु-याउँछ ।

यस्ता चाडहरुमा लाइभ प्रस्तुतीका लागि विदेशमा गायक–गायिका र हास्य कलाकारहरुको माग बढी हुने गर्छ । अर्थात्, ‘स्टेज पर्फम आर्टिस’को माग बढ्दो देखिन्छ ।

केही कलाकारलाई विदेश भ्रमणको पनि व्यस्त तालिका देखिएको छ ।

युरोप टुरमा रचना र शान्ति श्री

अहिले सबैभन्दा बढी माग भएकी युवा पुस्ताकी गायिका हुन्– रचना रिमाल । उनी अहिले ‘तीज धमका’ कार्यक्रम अन्तर्गत लाइभ प्रस्तुती दिन युरोपमा छिन् ।

रचना युरोपका ८ देश अस्ट्रिया, डेनमार्क, प्रोचुगल, स्पेन, पोल्यान्ड, क्रोएसिया, माल्टा र फिनल्यान्डमा प्रस्तुती दिन गएकी हुन् ।
अगस्ट १५ देखि उनको युरोप टुर सुरु भएको हो । उनी सेप्टेम्बर ६ मा यो कार्यक्रमको अन्तिम प्रस्तुती फिनल्यान्डमा दिने तय गरिएको छ ।

त्यस्तै, लोक दोहोरी गायिका शान्तिश्री परियार पनि तीजको अवसर पारेर आयोजित कार्यक्रमका लागि युरोप टुरमा छिन् । यो उनको लामो अवधिको टुर हो ।

उनको युरोप टुर अगस्ट ९ देखि सुरु भएको हो । यो टूरमा उनले युरोपका ११ देशमा प्रस्तुती दिने तय भएको छ । यो टुरको अन्तिम प्रस्तुती उनले ३० अगस्टमा ग्रिसमा दिनेछिन् ।

अमेरिकामा बद्री, एलिना र प्रताप

‘अब गाउँछ अमेरिका’ अन्तर्गतको टुरमा सभागी हुन गायकद्वय बद्धी पङ्गेनी, प्रदाप दास र गायिका एलिना चौहान अमेरिकामा छन् ।

उनीहरुले अमेरिकाको विभिन्न २३ सहरमा प्रस्तुती दिन त्यहाँ पुगेका हुन् ।

यही कार्यक्रम अन्तर्गत रहेर उनीहरुले ‘तीज विशेष’ प्रस्तुती दिइरहेका छन् ।

महेश–अस्मिताको जोडी पनि अमेरिकामै

गायक महेश काफ्ले र अस्मिता अधिकारी पनि यस बेला अमेरिका टूरमा छन् ।

उनीहरुले ‘सोलफूल युएसए टुर’ अन्तर्गतको कार्यक्रममा सहभागी हुन् त्यहाँ पुगेका हुन् ।

उनीहरुले अगस्टरदेखि ओक्टोबरसम्म विभिन्न सहरमा प्रस्तुती दिने बताइएको छ ।

यी टुर अन्तर्गत उनीहरुले तीज विशेष प्रस्तुती दिने पनि यो जोडीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ ।

खेम अस्ट्रेलियामा

गायक खेम सेञ्चुरी पनि अहिले अस्ट्रेलिया छन् । गलकोट समाज अस्ट्रेलियाले आयोजना गरेको ‘तीज मेला’ कार्यक्रममा उनले अगस्ट ११ मा मेलबर्नमा प्रस्तुती दिएका थिए ।

‘मेलबर्न तीन नाइट’ कार्यक्रम अन्तर्गत उनले २५ अगस्ट अर्थात् सोमबार मेलबर्नमै प्रस्तुती दिने तय भएको छ ।

केमेडियनको टोली क्यानडा

नयाँ पुस्ताका तीन कमेडिन भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की अहिले क्यानडामा छन् ।

उनीहरुले ‘अब हाँस्छ क्यानाडा’ अन्तर्गतको कार्यक्रममा त्यहाँका दर्शकलाई हँसाउनेछन् ।

उनीहरु कार्यक्रम भने अगस्ट ३० बाट सुरु हुनेछ । त्यसका लागि यी तीनै विदेश पुगिसकेका छन् ।

तीज विशेष कार्यक्रम अन्तर्गत नभए पनि टुरकै लागि चाडको बेला उनीहरु विदेश पुगेका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ६ : ४५ बजे

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको