इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू « Khabarhub

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गरेर तत्काल सरकारले जारी गरेको सूचनालाई पुर्नमूल्यांकन गर्न समेत ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा भनिएको छ ‘वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारी साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागज पत्र नवीकरण गर्ने, इम्बोस्ड नम्बरको राजस्व लिने मात्रै भएको छ । भौतिक पूर्वाधारबिना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएकाले तत्काल उक्त सूचनालाई आवश्यक सुधार गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दछौँ’ । 

महासंघले इम्बोस्ड नम्बर लगाउने निर्णयको विरोध गर्न देशभरका यातायात व्यवसायीलाई आग्रहसमेत गरेको छ । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ६ : ५३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र