निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का « Khabarhub

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताएका छन् । 

पूर्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा गठित विद्युत् व्यापार अध्ययन तथा सुझाव समितिले पेश गरेको प्रतिवेदन बुझ्दै मन्त्री खड्काले नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न सरकारी मात्र नभई निजी क्षेत्रलाई पनि आन्तरिक तथा अन्तर्देशीय विद्युत् व्यापारमा समान अवसर दिनुपर्ने आवश्यकता औँल्याए ।

विद्युत् निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र लगानी बढाउनेछ । यसले नेपालले लिएको २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण टेवा पुग्नेछ भन्दै मन्त्री खड्काले नेपाल उपभोक्ता मात्र नभई क्षेत्रीय स्तरमा विद्युत् आपूर्तिकर्ता राष्ट्रका रूपमा अघि बढ्न सक्नेछ ।

समितिले विद्युत् व्यापारलाई व्यवस्थित र दीर्घकालीन रणनीतिसँग जोड्न आन्तरिक तथा अन्तर्देशीय व्यापारमा छुट्टै कम्पनीमार्फत कार्य सञ्चालन गर्नुपर्ने, आवश्यक नीति तथा प्रचलित कानुन परिमार्जन गर्ने, प्रसारण पूर्वाधारको सुदृढीकरण र क्षेत्रीय बजार पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा सुझाव दिएको छ । 

साथै, निजी क्षेत्रको लगानी प्रवर्द्धनका उपाय, मित्रराष्ट्रहरूसँगको सहकार्य, र द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय व्यापारिक मोडेलका सम्भावनाबारे विस्तृत अध्ययनसमेत प्रतिवेदनमा समेटिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण, विज्ञ तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (ईप्पानका) का प्रतिनिधिहरूले प्रतिवेदन तयार पारेर ऊर्जा मन्त्री खड्कालाई बुझाएका हुन् ।
  
ऊर्जा विज्ञहरूले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै यसले नेपालको दीर्घकालीन ऊर्जा रणनीति सुदृढ हुने, प्रतिस्पर्धात्मक वातावरण सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो योगदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : ४२ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०