हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु « Khabarhub

हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिनहरु मर्मत सम्भार सकिएपछि आजदेखि उत्पादन सुरु गरिएको उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहले बताए ।

मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो । मेसिन मर्मत गरी कोइला व्यवस्थापन भएपछि उत्पादन सुरु गरिएको निमित्त महाप्रबन्धक साहले जानकारी दिए।

‘‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने शर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ”, उनले भने, ‘‘कोइलाको व्यवस्थापनसँगै हामीले उत्पादन सुरु गरेका छौँ ।”

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायत कारण उद्योग बन्द हुने खुल्ने क्रम चलिरहेको छ ।

यसअघि गत वैशाख दोस्रो सातादेखि उद्योग सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगसँग धादिङको जोगीमारा तथा मकवानपुरको ओख्रे, मजुवा र भैँसे गरी चार ठाउँमा चुनढुङ्गा खानी छ ।

पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन नहुनु, दरबन्दी अनुसार कर्मचारी नहुनु, प्रतिस्पर्धात्मक बजारलगायत समस्याका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहको निमित्त महाप्रबन्धक साहको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : २४ बजे

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवा– आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन

उपत्यकाको मुहार फेर्न कांग्रेसको ‘भिजन १०’ : तीनै जिल्लाका उम्मेदवारको साझा प्रतिबद्धता

काठमाडौँ – राजधानीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि