स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल « Khabarhub

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुख  स्कट अर्बोमबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा कोभिड–१९ महामारी नियन्त्रणमा भएको सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मातृ तथा शिशु स्वास्थ्य सुधार, विपद् व्यवस्थापन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा अमेरिकी सहयोगका विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो । 

भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य प्रणाली मजबुत बनाउन तथा सामाजिक–आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरिन् । 

दुवै पक्षले आपसी सम्मान, समझदारी र साझेदारीलाई थप सुदृढ बनाउँदै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १ : ५८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष