माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ « Khabarhub

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादलाई कार्यान्वयन गरी जनताको जीवन पद्धतिमा उतार्नुपर्ने बताएका छन् ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दिवसलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउँदै समाजवाद, समानता र जनकल्याणको आन्दोलनलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।

जनताका समस्यालाई कसरी समाधान गर्ने सकिन्छ भन्ने विषय बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले बताए, “वैज्ञानिक समाजवाद भन्ने कुरा केवल शब्दले मात्र पुग्दैन, यसको अध्ययन र अभ्यास दुवै महत्त्वपूर्ण हुन्छ ।”

पार्टी र आन्दोलनलाई अघि बढाएर लक्ष्यमा र्पुयाउन सर्वहारा वर्गीय चरित्रलाई विशेष महत्व दिनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीति र कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको आफ्नो पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने उल्लेख गरे।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वैचारिक अस्पष्टताले देशमा अहिले सबै राजनीतिक दल सङ्कटमा रहेको बताए। जनअधिकारका मुद्दामा एकीकृत समाजवादीले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, “स्थानीय, प्रदेश र केन्द्रीय तहमा देखिएका समस्या समाधानका लागि हाम्रो पार्टी सदैव अग्रपंक्तिमा रहन्छ ।”

पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन सुदृढीकरणका लागि आफूलाई जिम्मेवारी उपलब्ध गराउन माग गर्दै भूगोल केन्द्रित नेताहरुले सम्बन्धित क्षेत्रमा क्रियाशील रही योगदान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ५८ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक